सुरक्षाकर्मीको गोली लागेर म्यान्मारमा सात वर्षीया बालिकाको मृत्यु

म्यान्मारमा सुरक्षाकर्मीको गोली लागेर सात वर्षीया बालिकाको मृत्यु भएको छ । गत महिना सैनिक कु शुरु भएयता सुरक्षाकर्मीको गोली लागेर मारिने उनी सबैभन्दा कम उमेरकी हुन् । म्यान्मारको मन्डालेत आफ्नै घरमा ती बालिकालाई गोली लागेको उनको परिवारले जनाएको छ ।

म्यान्मारमा एक महिनाको अवधिमा २० जना बालबालिकाको सुरक्षा कारवाहीका क्रममा मृत्यु भएको जनाइएको छ । गत फेब्रुअरीमा सैनिक कु भएयता म्यान्मारमा २ सय ६१ जनाको मृत्यु भएको राजनीतिक बन्दीहरुको अभियन्ता समूहले जनाइएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया