उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण उक्साउन नगरिएको बाइडनको भनाइ

अमेरिकी राष्ट्रपति जो बाइडनल उत्तर कोरियाले गरेको छोटो दूरीको क्षेप्यास्त्र परीक्षण उक्साउनका लागि गरेको नठानेकोे बताएका छन् ।

आइतवार बिहान उत्तर कोरियाले दुई क्रुज क्षेप्यास्त्र परीक्षण गरेको थियो । बाइडनले त्यसलाई रक्षा अधिकारीहरूले सामान्य गतिविधिको रूपमा लिएको बताए । उत्तर कोरियाले सप्ताहान्तमा संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को प्रतिबन्ध नमिचिने गरी क्षेप्यास्त्र परीक्षण गरेको थियो। यो परीक्षण बाइडन सत्तामा आएपछि पहिलो पटक गरिएको हो ।

हालै उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको आलोचना गरेको थियो । बाइडन प्रशासनले उत्तर कोरियासँग कूटनीतिक सम्पर्क गर्ने प्रयास असफल भइरहेको विवरणमाझ पछिल्लो घटनाक्रम भएको हो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया