टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले टोकियोमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
एनआरएनए जापानले टोकियो रेडक्रससंगको सहकार्यमा अप्रिल १७ तारिख सिन्जुकु वार्डस्थित टोकियो रेडक्रस ब्लड सेन्टरको कार्यलयमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
रक्तदान कार्यक्रममा ४३ जना नेपाली र १२ जना जापानी गरि ५५ जना रक्तदाताहरुले रक्तदान गरेको प्रवक्ता सिद्धार्थ श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रमलाई एनआरएनए जापानकी महिला संयोजक संगीता अधिकारी सुवेदीले संयोजन गरेकी थिईन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया