जापान । प्रवासी नेपाली एकता मञ्च, कान्तो क्षेत्रीय कमिटीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुन प्रधानमन्त्रीमा चयन हुनु भएकोले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरेको छ ।
मञ्चको पहिलो भर्चुअल बैठक कमिटीका अध्यक्ष बुद्धि राज घिमिरेको अध्यक्षतामा सम्पन्न बैठकमा राष्ट्रिय कमिटिका अध्यक्ष सुरेश केसीको र सचिव डा सरोज कडेंलको बिशेष सहभागिता रहेको थियो ।
कर्मथलो जापानमा कोभिड १९ बाट केहि समस्या भएमा सहयोगको आवस्यक पहल कदमिको लागि कान्तो भित्रका संगठित सदस्य र बिभागिय सदस्य लाई २ मान सम्मको सहयोग गर्ने जनाएको छ ।
नेपालमा बढिरहेको कोरोना संक्रमण रोक्न र जनताको जीवन रक्षाको लागी आर्थिक सहयोग संकलन अभियानलाई सहयोग गर्ने अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।
जापानमा नेपाली समुदायको कोभिड १९ संगै परिस्थितिको सामना गर्न एक कार्यदल गठन गरि आवस्यक कार्य प्रारंभ गर्ने सचिव मनोज श्रेष्ठले बताउनु भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया