काठमाडौँ । नेप्से सूचक २०।७१ अंकले बढेर २७५९।२१ विन्दुमा आइपुगेको छ। ९ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ। २१८ कम्पनीको १ करोड ९० लाख ५६ हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ । यस दिन हाइड्रोपावर र अन्य समूहमा बढी चमक आएको छ । १३ मध्ये १० वटा समूहको सूचक वृद्धि भएका छन् ।
११ कम्पनीको भाउ ९ प्रतिशत भन्दा बढीदेखि सर्किट लाग्ने तहसम्म वृद्धि भएको छ। खरिदबिक्री रकममा ६६ करोड रुपैयाँभन्दा बढीसहित नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा रहेको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल टेलिकम र शिखर इन्सुरेन्स परेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया