टोकियो । नेकपा (माओवादी केन्द्र) सम्बद्ध प्रवास संगठनले एक करोड रुपैयाको कोरोना विरुद्ध अभियान कोष खडा गर्ने भएको छ । नेपाली जनप्रगतिशील मञ्चहरुको ग्लोबल मिटिङले एक करोड़ रुपैंया राशीको ‘कोरोना बिरुद्ध अभियान कोष’ खड़ा गर्ने निर्णय गरेको हो ।
कोरोना महामारी बिरुद्ध मानव जातीको यस कठोर लडाईंमा मातृभूमिलाई योगदान गर्न प्रबासमा कार्यरत पार्टी सम्बद्ध सबै सदस्य तथा संगठनहरुलाई हार्दिक अपील गरेको नेकपा(माओवादी केन्द्र) का प्रवास कमिटीका अध्यक्ष युवराज चौलागाईले जनाउनु भएको छ ।
यता जापानमा पार्टीको कमिटीको निर्देशन अनुसार आर्थिक संकलन कार्य तीव्र बनाएको छ ।
जापानमा मंगलवार अबेरसम्म ८ लाख येन भन्दा बढ़ी संकलन गरेको छ । बिश्वभर कोभिड-१९ को महामारी चलिरहेको बेलामा अहिले नेपालमा स्थिति थप जटिल र गम्भीर बन्दै गएको छ ।
अहिले सबैतिर समस्याको बिचमा पनि नेपालको फैलदो अबस्था र स्वास्थ्य सामाग्रीमा देखिएको कमिलाइ पुर्ति गर्नको लागि जापानका नेपालीहरु पनि यस अभियानमा तीव्र रूपमा लागेको नेपाली जनप्रगतिशिल मंच जापानका अध्यक्ष हवल चन्द्र लामाले जानकारी दिनुभयो ।
यस अभियानमा सबै जापानबासी नेपालीहरुसंग समन्वय गरि जापान पोस्ट बैंकको निम्न खाता नम्बर Japan Post Bank-: 10170-43029911 मा आर्थिक सपोर्ट गरि सहयोग गर्न आर्थिक सहयोग संकलन अभियान संयोजक भवानी पन्तले अपिल गर्नु भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया