टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान क्षेत्रीय कार्यसमिति कान्तोको ७औं अधिवेशनको निर्वाचन कार्य तालिका सार्वजनिक गरेको छ । मे ३० तारिख हुने एनआरएनए, कान्तो जापान क्षेत्रीय कार्यसमितिको आगामी नेतृत्वको चयनको लागि निर्वाचन कार्य तालिका सार्वजनिक गरेको हो ।
एनआरएनए राष्ट्रिय समन्वय समिति जापानले मे १५ देखि जुन १५ सम्म जापानका सम्पूर्ण क्षेत्रीय कार्यसमितिहरुलाई अनिवार्य रुपमा अधिबेशन सम्पन्न गर्न दिएको निर्देशन बमोजिम कान्तो क्षेत्रीय कार्यसमितिको बैठकबाट मे ३० तारिख आईतवारको दिन अधिबेशन गर्ने निर्णय गरिएको थियो ।
निर्वाचन सम्पन्न गर्न बिजय थकालीको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समितिको सदस्यहरुमा बाबुराम पौडेल , बाबुराम सापकोटा, हरि सापकोटा र लेलिन भट्टचनको संयुक्त हस्ताक्षर गरेको एक विज्ञप्ति मार्फत कार्य तालिका सार्वजनिक गरेको छ ।
निर्वाचन समितिले सार्वजनिक गरेको कार्य तालिका अनुसार यहि में २५ तारिख नामावली प्रकाशन र उम्मेदवारी दर्ता, २६ तारिख दर्ता नामावली प्रकाशन, २९ तारिख दाबी ,विरोध तथा उम्मेदवारी फिर्ता र सहमति र अन्तिम नामावली प्रकाशन र जुन ५ तारिख निर्वाचन गर्ने निर्वाचन समितिका संयोजक विजेश थकालीले जानकारी दिनुभयो ।
यसअघि नै कार्य समितिको बैठकबाट उम्मेद्धारी शुल्क संयोजकको लागि शुल्क ७ मान येन, उपसंयोजकको ५ मान येन, सचिवको लागि ४ मान येन , कोषाध्यक्षको ४ मान येन , सह-कोषाध्यक्ष,सचिब)३मान येन निधारण गरिएको छ भने सदस्य पदको लागि १ मान ५ हजार येन निर्धारण गरेको थियो ।
निर्वाचन कार्य तालिका


फेसबुकबाट तपाइको प्रतिक्रिया