जापान । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ फोनिज जापानको आयोजनामा जापानमा रहेका एकल जातिय संस्थाहरुसंग छलफल तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
फोनिज जापानको बार्षिक कार्यक्रम अनुसार सदाका बर्षझै भेटघाट तथा भैातिक रुपमा उपस्थित भइ कार्यक्रम गर्ने अवस्था नरहेकोले यसबर्ष जुममार्फत छलफल तथा अन्तरकृया कार्यक्रम गरेको जनाइएको छ ।
प्रवासमा जातिय संस्थावीचको सहकार्य र एकताको सवाल र पहिचानको आन्दोलनमा फोनिजको भुमिका बिषयक कार्यक्रम जापानमा रहेका एकल जातिय संस्थाहरु नेपाल आदिबासी जनजाति महासंघ जापानका पदाधिकारी लगायत बिभिन्न संघसंस्थामा रहेका जनजाति अगुवाहरुको उपस्थिति रहेको थियो ।
अैापचारिक रुपमा सम्पन्न छलफल तथा अन्तरकृया कार्यक्रममा सहभागीहरुले नेपालमा बिगतको तुलनामा राज्यको बिभिन्न निकायहरुमा जनजाति युवाहरुको सहभागिता तथा उपस्थिति रहेतापनि बिकासको नाममा धार्मिक तथा सांस्कृतिक क्षेत्रलाइ नामेट पार्ने आदिबासी भुमि अतिक्रमण गर्ने लगायतका गतिबिधि बढिरहेकोले समयमै सचेत हुनुपर्ने बताउनुभएको थियो ।
छलफलकै क्रममा सहभागीहरुले आदिवासी जनजातिहरु एक आपसमा दत्तचित्त भइ मिलेर अघि बढ्न नसकेको कारणले गर्दा अहिलेसम्म उठाइदै आइरहेका मुद्दाहरु ठाउँमा पुराउन नपाउदै ओझेलमा परेकोले आत्मनिर्भर र सक्षम नभएका कारण कतिपय अवसरहरु गुमाउनुपरेको भन्दै दुख समेत ब्यक्त गर्नुभएको थियो ।
उहाँहरुले जनजाति आन्दोलन र समाबेशी संचारको नीम्ति फोनिज केन्द्रमामात्र सीमित नरही प्रवासमा रहेका शाखाहरुसंगपनि समन्वय र सहकार्यगरी जनचेतनामुलक अनि प्रचारात्मक गतिबिधिहरुमा अघि बढ्न आग्रह गर्नुभएको थियो ।
छलफल तथा अन्तरकृया कार्यक्रम फोनिज जापानका अध्यक्ष चासिला वाइवाको सभापतित्वमा नेपाल पत्रकार महासंघ जापानका उपाध्यक्ष कुमार मोक्तानको संयोजकत्व र प्रमुख आतिथ्यमा नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले र बिशेष अतिथिहरुमा फोनिज जापानका संस्थापक अध्यक्ष शान्त पहरी, एनआएएनए जापानका बरिष्ठ उपाध्यक्ष अनिता गुरुङ नेफिन जापानका अध्यक्ष संजिव राइ रहनुभएको थियो ।
मे २३ तारिख संचालित जुम कार्यक्रमको संचालन फोनिज जापानका सदस्य सजिना मोक्तानले गरेकी थिइन भने कार्यक्रममा उस्वागत मन्तब्य फोनिज जापानका सचिव फुर्वा शेर्पाले गरेका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया