एनआरएनए जापान कान्तोको संयोजक पदमा ३ जनाको उम्मेद्वार, भीमको सम्भावना

टोकियो । एनआरएनए जापानस्थित कान्तो क्षेत्रीय समितिमा भिमसेन राय ( भीम रायमाझी) संयोजक पदका लागि ३ जनाको उम्मेद्वार दाबी गरेका छन् ।

तिन जना दाबी मध्ये वर्तमान समितिमा उप-संयोजक रहेका भीमसेन राय एनआरएनए जापान कान्तो समितिको सक्रिय दावेदार देखिएका हुन् ।

एनआरएनए जापानका विभिन्न कार्यक्रमहरुमा सकृय स्वयमसेवा गर्दै,अग्रज एनआरएनए अभियन्ताहरुको केन्द्रमा रहन सफल,रायमाझी आफ्नो कामकै कारण वर्तमान पदमा चयन भएको र अब संयोजक भएर एकपट क्षेत्रलाई संयोजन गर्दै एनआरएनए अभियानलाई अगाडी बढाउने भीमले बताउनु भयो ।

रामेछापमा जन्मिएर सन २०१२ देखि जापानमा रहँदै आएका रायमाझी,एनआरएनए अभियानमा जोडिनु अघिपनि जापानमा अन्य युवा समूहहरुमा पनि आवद्द भई, सकृय नेतृत्व सहितका जिम्मेवारीहरु निर्वाह गर्दै आएका भीमको सम्भावना बलियो रहेको बुझिएको छ ।

अन्तिम समयसम्म सहमतीमै टुंग्याउने प्रयास भईरहेको भएतापनि सहमती जुट्ने सम्भावना झिनो भएकाले प्रतिष्पर्धामै जाने तयारी छ आफू कुनै हालतमा पनि फिर्ता नहुने भीमले बताए ।

भीम सँगै संयोजक पदमा दिपेश केसी र बिमानसिंग मोक्तानले दाबेदारी प्रस्तुत गरेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया