एनआरएनए जापानको तोचिगी क्षेत्रीय कार्यसमितिको अधिबेशन सम्पन्न

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए )जापानको तोचिगी क्षेत्रीय कार्यसमितिको अधिबेशन सम्पन्न भएको छ ।

शनिबार भर्चुअल माध्यमबाट सम्पन्‍न तेस्रो अधिवेशनबाट संयोजकमा मन्दिप क्षेत्रीसहित नयाँ कार्यसमित सर्वसम्मतीमा चयन भएका हुन् । नव निर्वाचित कमिटीमा,संयोजकमा  क्षेत्री,उपसंयोजकमा सन्तोष घिमिरे र सुनिल सापकोटा,सचिवमा उत्तम खनाल,सह-सचिवमा कपिल न्यौपाने र आशिष बन्धु खनाल,कोषाध्यक्षमा प्रकाश जंग सिँह,सह-कोषाध्यक्षमा अनिल कुमार किसन, सदस्यहरुमा -मेघराज सापकोटा, रोहित मगर,संजय लम्साल,मान पुन, महिला सदस्यमा सम्झना राई र सदस्य(विद्यार्थी) मा रोहित कुमार यरी रहेका छन् । यस कार्यसमितिमा महिला उपसंयोजक पदभने तत्काललाई खाली रहेको सचिब उत्तम खनालले जानकारी दिनुभयो ।

 

अधिवेशन तोचिगी तदर्थ समिति संयोजक एवं नवनिर्वाचित संयोजक मन्दिप क्षेत्रीको अध्यक्षता तथा एनआरएनए जापान अध्यक्ष देविलाल भण्डारीको प्रमुख आतिथ्यतामा , एनआरएनए जापान वरिष्ठ उपाध्यक्ष अनिता गुरुङ वरिष्ठ अतिथि ,एनआरएनए जापान क्षेत्रीय उपाध्यक्ष तथा क्षेत्रीय निर्वाचन कमिटी संयोजक दिपक कार्की , एनआरएनए जापान युवा उपाध्यक्ष नविन न्युरे,एनआरएनए जापान महासचिव जनक विक्रम शाही, एनआरएनए जापान सचिव टिकाराम खरेल,एनआरएनए जापान सचिव विष्णु घिमिरे,एनआरएनए जापान क्षेत्रिय सचिव विकास बस्नेत,एनआरएनए जापान कोषाध्यक्ष कालिका थापा, एनआरएनए जापान युवा संयोजक राम थापा अनिल,एनआरएनए जापान महिला संयोजक संगीता अधिकारी ,एनआरएनए जापान प्रवक्ता सिद्धार्थ श्रेष्ठ, सदस्य कृष्ण खनाल , एनआरएनए जापान सल्लाहकारहरु नरेन्द्र बस्नेत, शिव पौडेल, छत्र दहाल, किरण वर्मा, एनआरएनए जापान सदस्यहरु रामकृष्ण श्रेष्ठ ,जिबन गुरुङ ,राजेश खनाल ,महेश कुमार कटुवाल ,एनआरएनए जापान क्षेत्रीय संयोजकहरु – कान्तो संयोजक राकेश रुम्बा,चिवा संयोजक विश्व सुवेदी, कान्साई संयोजक कृष्ण गैरे,निगाता संयोजक दिपक सुनुवार, नागानो संयोजक नन्दराज रेग्मी, गुन्मा संयोजक मिन कुमार लामीछाने सहभागी रहेका थिए। सल्लाहकारहरु राजु पनेरु, भुवन गैरे, सुरेन्द्र अधिकारी ,मगेन्द्र बस्नेत, क्युस्यु क्षेत्रिय सचिव अर्जुन थापा बगालेको सहभागी भएका थिए। लगाएतको सहभागी भएको थियो ।

तोचिगी तदर्थ समितिको प्रतिवेदन अनील कुमार किसान प्रस्तुत गरेका थिए । त्यस्तै गरि स्वागत मन्तव्य विकाश बस्नेत, संचालक उत्तम खनाल र सह-संचालक मेघराज सापकोटा रहेका थिए । एनआरएनए जापान अध्यक्ष देविलाल भण्डारीले नवनिर्वाचित सम्पूर्ण कार्यसमितिलाई भर्च्युअल माध्यमबाट सपथ ग्रहण गराएका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया