जापान । टोकियो र कानागावाको बीचमा सेण्टर कावासाकीमा ३५ वर्ष माथिका युवाहरुलाई मध्ये नजर गरि जापानमै पहिलो पटक ‘कावासाकी भेट्रान्स गोल्ड कप २०२१’ हुने भएको छ ।
‘स्वस्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने नाराका साथ विभिन्न जापानमा रहेका पाको उमेर समुहका युवाहरुका बीचमा कावासाकी भेट्रान्स गोल्ड कप २०२१’ फुटसल प्रतियोगिता हुन लागेको हो ।
कावासाकी बुल्सको आयोजनामा आगामी जुलाई ४ तारिख हुन लागेको उक्त प्रतियोगितामा ३५ वर्ष माथीका भेट्रान्स भनिएपनि प्रत्येक टिमले ३५ वर्ष मुनीका ३० वर्ष माथीका २ जना राख्न पाउनेछन् भने ग्राउण्डमा २ जनाले पालै-पालो गरि १-१ जनाले खेल्न पाउनेछन् ।
प्रतियोगितामा प्रथम हुने टीमले २ लाख येन, ट्रफी र मेडल, दोस्रो हुनेले १ लाख येन ट्रफी, मेडल सहितको पुरस्कार र अन्य अनि विभिन्न विधामा उत्कृष्ठ हुने सबैलाई नगद पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ । व्यवस्था गरेको आयोजकले जनाएको छ ।
कोरोना कहरलाई मध्यनजर गर्दै जम्मा ८ टिमलाई सहभागी गराई पहिले दर्ता भएर प्रवेश शुल्क बैंक खातामा ट्रान्सफर गरेर बुझाउने टिमलाई नै प्राथमिकता दिईने छ ।
उक्त फुटसलमा सहभागिताको लागि टीम दर्ता शुल्क ३ मान अर्थात् ३० हजार येन तोकेको छ ।
टीम दर्ताको लागि शुल्क
三菱東京UFJ銀行
0519786 吉祥寺 支店
パラズリ サントス

फेसबुकबाट तपाइको प्रतिक्रिया