एनआरएनए जापानमा आर्थिक अनियमितता: कार्यसमितिकै दुई जना सदस्यद्वारा राजिनामा

टोकियो । गैरआवासीय नेपाली संघ(एनआरएनए) जापानभित्र व्यापक आर्थिक अनियमितता भएको खुलासा भएसंगै कार्य समितिकै दुई जना सदस्यहरुले नैतिकताको आधारमा भन्दै आफ्नो पदबाट राजिनामा दिएको घोषणा गरेका छन् ।

एनआरएनए जापानको आर्थिक छानबिन समितिले जुन ६ तारिख सार्वजनिक गरेको प्रतिवेदनले संघभित्र विभिन्न कार्यसमितिका विभिन्न पदाधिकारीहरुद्वारा आर्थिक अनियमितता हुने गरेको खुलासा गरेको थियो ।

यसैविच सोमबार वर्तमान २०१९-२१ कार्यसमितिका सदस्य द्वय, राजेश खनाल र सुरेश गिरीले हाल कायम पदबाट राजिनामा दिएको घोषणा गरिसकेका छन् । यस्तो छ राजिनामा घोषणाको व्यहोरा

सुरेश गिरी, कार्य समिति सदस्य NRNA जापान

श्रीमान कुमार पन्त ज्यु
अधक्ष्य NRNA ICC
बालुवाटार काठमाडौँ

बिषय: NRNA जापानको कार्यसमिति सदस्य बाट राजिनामा दिएको बारेमा !!!
NRNA जापानको कार्यसमिती र पदाधिकारी माथी केहि समय अगाडी लागेको आरोपको बारेमा येहालाई प्रस्ट रुपमा जानकारी रहेको साथै NRNA ICC को पहलमा नै छानबिन समिति गठन गरिएको र उक्त समितिले लामो समय पछिको गहन अध्ययन पछि आज NRN ICC का बरिस्ठ पदाधिकारीको उपस्थित भई छानबिन समितिको अस्पस्ट प्रतिवदेनको पूर्ण पाठको लामो फेरिहस्ते सुनाएको। जापानको सरकारी निकायमा Non Profit सस्थाको रुपमा दर्ता भएको सस्थालाइ हल्का रुपमा राखी सम्पूर्ण जापानबासी तथा NRNA सग आबद्द NRNA सदस्य को मनोबल गिराउने कार्य गरेको साथै छानबिन समितिले अस्पस्ट रुपमा NRNA जापानमा प्रस्ट रुपमा आर्थिक अनियमिता भएको तर कहाँ र कसरी भएको भन्ने कुरा अस्पस्ट राखी अन्योल माहोल बनाएको र आफु NRNA जापान को कार्यसमितीमा पहिलो पटक रहेको र यस NRNA जापान सस्था पर्ती रहेको आस्था माथी नै प्रश्न चिन्न लागेको महसुस भएको हुनाले यस NRNA जापानको कार्यसमिती सदस्य को पद बाट राजिनामा दिदै सत्य तथ्य प्रस्ट रुपमा नआउदाका दिन सम्म NRNA जापानका सम्पूर्ण कार्यहरुलाई निलम्बित गरि सत्य तथ्य बाहिर ल्याउनु हुनु अनुरोध गर्दछ।
सुरेश गिरी
कार्य समिति सदस्य
NRNA जापान १९-२१
बोधार्थ महासचिब NRNA ICC / ASIA PACIFIC TEAM

राजेश खनाल, कार्य समिति सदस्य NRNA जापान

NRNA जापानको कार्यसमित र पदाधिकारी माथी केहि समय अगाडी लागेको आरोपको बारेमा येहालाई प्रस्ट रुपमा जानकारी रहेको साथै NRNA ICC को पहलमा नै छानबिन समिति गठन गरिएको र उक्त समितिले लामो समय पछिको गहन अध्ययन पछि आज NRN ICC का बरिस्ठ पदाधिकारीको उपस्थित भई छानबिन समितिको अस्पस्ट प्रतिवदेनको पूर्ण पाठको लामो फेरिहस्ते सुनाएको। जापानको सरकारी निकायमा Non Profit सस्थाको रुपमा दर्ता भएको सस्थालाइ हल्का रुपमा राखी सम्पूर्ण जापानबासी तथा NRNA सग आबद्द NRNA सदस्य को मनोबल गिराउने कार्य गरेको साथै छानबिन समितिले अस्पस्ट रुपमा NRNA जापानमा प्रस्ट रुपमा आर्थिक अनियमिता भएको तर कहाँ र कसरी भएको भन्ने कुरा अस्पस्ट राखी अन्योल माहोल बनाएको र आफु NRNA जापान को कार्यसमितीमा पहिलो पटक रहेको र यस NRNA जापान सस्था पर्ती रहेको आस्था माथी नै प्रश्न चिन्न लागेको महसुस भएको हुनाले यस NRNA जापानको कार्यसमिती सदस्य को पद बाट राजिनामा दिदै सत्य तथ्य प्रस्ट रुपमा नआउदाका दिन सम्म NRNA जापानका सम्पूर्ण कार्यहरुलाई निलम्बित गरि सत्य तथ्य बाहिर ल्याउनु हुनु अनुरोध गर्दछ।

राजेस खनाल
कार्य समिति सदस्य
NRNA जापान १९-२१
बोधार्थ महासचिब NRNA ICC

फेसबुकबाट तपाइको प्रतिक्रिया