चट्याङ लागेर एकैदिन दुई दर्जन बढीको मृत्यु,तीब्र हावाहुरीका कारण कैयौं व्यक्ति घाइते

भारत । भारतको पश्चिम बंगालमा चट्याङ लागेर एकैदिन दुई दर्जन भन्दा बढीको मृत्यु भएको छ ।

गएराति राज्यको ३ जिल्लामा गरी दुई दर्जन भन्दा बढीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तीब्र हावाहुरीका कारण अन्य कैयौं व्यक्ति घाइते भएको खबर आएको सरकारी तथ्यांकमा उल्लेख छ ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चट्याङबाट ज्यान गुमाएका परिवारको लागि राष्ट्रिय विपत्ति राहत कोषबाट २ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् । उनले ट्वीटरमार्फत् घाइतेहरुलाई जनही ५० हजार रुपियाँ दिने घोषणा पनि गरेका छन् ।

राज्यमा सत्तारूढ टीएमसीका राष्ट्रिय महासचिव, सांसद अभिषेक बनर्जीले बुधबार र बिहिबार तीनै जिल्लाका मृतकको घरमा गएर आफन्तहरूलाई भेट्ने तयारीमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया