जापान । राप्ती अंचलबाट जापान आएर बिभिन्न, पेशा, व्यापार- व्यवसायी, अध्ययन, रोजगारको शीलशिलामा संलग्न राप्तीवासीहरूको साझा संस्था राप्ती समाज जापानको आउदो यही जुलाई ११ तारिख आइतबार तेस्रो अधिवेशन गर्ने निर्णय गरेको छ ।
जापानमा कृयासिल संघ संस्था जस्तै यो संस्थाले पनि सामाजिक कार्यहरु गर्दै आएको छ । २०१३ मा गठन भएर यस संस्था सामाजिक काममा सधै सक्रिय रुपमा अगाडी बढिरहेको महासचिब प्रकाश ओलीले जानकारी दिनु भयो ।
जापानमा रहनुभएका राप्तीबासी एक आपसमा परिचित भएर आपसमा दुख-सुख,सर-सहयोगको साटासाट गर्ने”हाम्रो संस्कृती – हाम्रो पहिचान” भन्ने भावनाका साथ राप्ती अंचलका बिभिन्न चाडपर्व, संस्कृतीहरु एकसाथ सामुहिक रुपमा जापानमा पनि मनाउने संस्कारको बिकास गर्ने, साथै जापानमा पनि आफ्नो कला, संस्कृतीको परिचय दिइ पर्यटन प्रबर्द्धनमा भूमिका खेल्ने,आफ्नो मातृभुमिको बिकासमा सानो भएपनी योगदान गर्ने उद्देश्यले खासगरी राप्ती अंचलका बिकासको पहुँच भन्दा बाहिर रहेका ठाँउमा शिक्षा, स्वास्थ्य, संस्कृति, तथा आर्थिक विकासमा सहयोगि भूमिका खेल्ने,नेपाल (राप्ती) मा भैपरी आउने बिभिन्न मानविय सहयोग कार्यमा सकृय भूमिका निभाइनुका साथै जापानमा रहनु भएका सम्पूर्ण संघ सस्था सँग सहकार्य गर्दै सम्पूर्ण नेपालीहरुको हकहित संरक्षण र प्रबर्धन र बिकास गर्नु हो ।अधिवेशनलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नको लागि तयारी अगाडी बढीरहेको र जापानका विभिन्न क्षेत्रमा रहनुभएका सम्पूर्ण राप्ती वासीहरुलाई सक्रिय उपस्थिती भएर सफल बनाउन हार्दिक आह्वन गरिएको वर्तमान अध्यक्ष युवराज रेग्मीले जानकारी दिनुभयो ।
थप जानकारीको लागि
मिति :- जुलाई ११तारिख (आइतवार)
समय :- बिहान ११:०० बजे
स्थान: चौतारो रेष्टुरेन्ट कामाता
कार्यक्रममा उपस्थितिका लागि निम्न ब्यक्तिहरूलाइ सम्पर्क गर्न सक्नु हुनेछ ।
बिशेश्वर रेग्मी (टोक्यो)090-9811-6226
युवराज रेग्मी (टोक्यो)080-4926-3725
प्रकाश ओली (टोक्यो)08095329081

फेसबुकबाट तपाइको प्रतिक्रिया