युरोकप:आत्मघाती गोलको सहयोगमा फ्रान्सले जर्मनीलाई हरायो

काठमाडौं । साविक उपविजेता फ्रान्सले युरोकप २०२० मा विजयी सुरुआत गरेको छ । विश्व विजेतासमेत रहेको फ्रान्सले मंगलबार राति भएको खेलमा आत्मघाती गोलको सहयोगमा जर्मनीलाई १-० ले पराजित गरेको हो ।

समूह एफ अन्तर्गत जर्मनीको घरेलु मैदानमा भएको खेलमा डिफेण्डर माट हुमेल्सले फ्रान्सलाई गोल उपहार दिएका थिए ।म्युनिकमा भएको खेलको २०औं मिनेटमा फ्रान्सका पउल पोग्बाको पासमा लुकास हर्नान्डेजले क्रस गरेको बल बचाउने क्रममा हुम्ल्सले आफ्नै पोष्टमा गोल गरेक थिए । त्यसपछि खेलमा कुनै गोल हुन सकेन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया