जापान भिसा लगाएत कानुनी परामर्शको लागि जुन २६ तारिख निःशुल्क सेमिनार हुने

टोकियो । जापानबासी नेपालीहरुमाझ वर्क पर्मिट नदिएको, भिसा नपाएको, एइजिउ एप्लाई गर्दा नदिएको लगायतका कुराहरु हिजोआज धेरै सुनिन थालेको छ ।

करिब १ लाख नेपाली बसोबास गरिरहेको जापानमा स–साना कमजोरीहरुकै कारण कानूनत बस्न पाउने आधार हामी आफैले बिगारीरहेका त छैनौ ? नियम नजानेर वा पछि सम्म नसोचेर अन्जानमा भएका गल्तिले भिसा रद्द हुने, वर्क पर्मिट रिन्यु नहुने वा एइजिउ नपाउने जस्ता समस्याहरु देखिन थालेपछि कानागावा केनमा भिसा सम्बन्धि यस्तै विभिन्न विषयहरुमा केन्द्रित रही यहि  जुन २६ तारिख निःशुल्क सेमिनार आयोजना गरिएको छ ।

कार्यक्रम कानागावा नेपाल कम्युनिटिको अनुरोधमा अन्तराष्ट्रिय नियोगको आयोजना र योकोसुका नगरपालिकाको सहयोगमा हुन लागेको हो। उक्त कार्यक्रममा कानागावा एडमिनिस्टाटिभ लयर एशोसियशनबाट २ जना जापानी कानुनी बिज्ञहरु सामेल हुने जिज्ञानकुमार थापाले जानकारी दिनुभयो ।

कानावावाबासी नेपालीहरुका विभिन्न समस्यामा सर–सहयोग गर्दै आएको कानागावा नेपाल कम्युनिटिका अध्यक्ष हरी सापकोटाले स्थानिय सरकारको बिभिन्न बैठकहरुमा हाल नेपालीहरुले भोगिरहेको समस्या बारे बिज्ञबाट राय सल्लाहको लागी पहल गरेको र यस कार्यक्रम त्यसैको उपज रहेको बताउनुभयो ।

लामो समयदेखी योकोसुकामा व्यवसाय गर्दै आउनुभएको कम्युनिटिका सल्लाहकार लोकनाथ वस्तिले हाल ३ सय जनाको हाराहारीमा योकोसुकामा नेपाली बस्दै गर्नुभएको र अझ व्यवस्थित ढंगले बसेर व्यवसाय गर्न यो कार्यक्रम फलदायी हुने बताउनुभयो ।

जापानमा नेपाली बालबालिका जन्मने र हुर्कने क्रम बढेसंगै आफ्नो र बालबालिकाको भिसा, भाषा र भविष्यको बारेमा सम्बन्धित बिशेषज्ञहरुसंग सल्लाह लिने ठाउँ नहुदा समस्यामा परेका नेपालीहरुले यो निःशुल्क कार्यक्रममा २ घण्टा सामेल भएर लाभ लिन सक्नुहुनेछ । कार्यक्रमका लागि योकोसुका र यस वरपरका नेपालीहरुले प्रत्यक्ष रुपमा भाग लिन सक्नुहुनेछ भने अन्य प्रिफेक्चरबाट अनलाइन मार्फत पनि सहभागी हुन सकिनेछ ।

कार्यक्रम निःशुल्क भएतापनि हलको क्षमता र कोरोनाको प्रभावलाई ध्यानमा राखी दूरी कायम गर्नुपर्ने हुदाँ अग्रिम बुकिङ आवश्यक छ । अनलाइनको लागी पनि बुकिंग गर्नु पर्ने हुँदा भाग लिन चाहनेले तलको लिङकमा गई अनिवार्य रुपमा फारम भर्नुहोला ।
https://willap.jp/p/acc_4614/shakai_seido_seminar/
कार्यक्रम :-
मितिः २६ जुन २०२१ (शनिवार)
समयः २ बजे बाट ४ बजे सम्म
स्थानः योकोसुका सि सोउगो फुकुसि खाइखान  वा अनलाइन
जाने तरिकाः सिओइरि स्टेसन बाट ६ मिनेट, योकोसुका चिउओउ बाट ८ मिनेट पैदल
नेपाली भाषा अनुवादक पनि रहनेछ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया