युरो कप :पार्चुगलमाथि जर्मनीकाे सानदार जित र फ्रान्ससँग हंगेरी बराबरी

काठमाडौं । युरोपेली च्याम्पियनसिपमा जर्मनीले साविक विजेता पोर्चुगलमाथि ४-२ गोल अन्तरले सानदार जित निकालेको छ । जर्मनीलाई सानदार जित दिलाउनको लागि काई हाभर्टज, रोविन गोसेन्सले गोल गरे । दुई गोल भने जर्मनीले उपहार पाएको थियो । पोर्चुगलको लागि कप्तान क्रिस्टियानो रोनाल्डो र  डिएगो जोटाले समान एकर एक गोल गरे ।उता पहिलो खेलमा हंगेरीलाई ३-० ले पराजित गरेको साविक विजेता पोर्चुगलको यस संस्करण पहिलो हार हो ।

म्युनिखमा भएको खेलको १५औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले डिएगो जोटाको पासमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । तर सुरुआत देखि नै आक्रमक खेलेको जर्मनीले बराबरी गोल पर्काउन धेरै कुर्नुपरेन।

३५औं मिनेटमा पोर्चुगलका रुबेन डियाजले आत्मघाती गोल गरेपछि जर्मनीले खेल बराबरी गर्‍यो । यस्तै ३९औं मिनेटमा राफेल गुरेइराले पनि आत्मघाती गोल गरेपछि पहिलो हाफमा जर्मनीले २-१ को अग्रता बनायो ।दोस्रो हाफको १५ मिनेटभित्र जर्मनीले २ गोल गर्‍यो । ५१औं मिनेटमा रोविन गोसेन्को पासमा काइ हाभार्टले गोल गर्दै जर्मनीलाई ३-१ को अग्रता दिलाए । यस्तै ६०औं मिनेटमा जोसुअ किम्मीचको पासमा गोसेन्सले गोल गरेपछि जर्मनीले ४-१ को अग्रता बनायो ।

२०१८ को विश्वकप बिजेता फ्रान्सँग हँगेरीले बराबरी खेलेको छ ।युरोकप अनतर्गत शनिबार राति भएको खेलमा हंगेरीले फ्रान्ससँग १-१ को बराबरी खेलेको हो।पहिलो हाफको इन्जुरी समयमा हंगेरीका एटिला फिओआले फ्रान्स बिरुद्ध पहिलो गोल गरेका थिए । फ्रान्सले हंगेरीको पोलमा पटक पटक अट्याक गरेपनि गोल गर्न सकेको थिएन । खेलको दोस्रो हाफमा फ्रान्सका लागि एन्टोनी ग्रिजमानले बराबरी गोल गरेका थिए ।

‘ग्रुप अफ डेथ’ मानिएको समूह डी मा सबैले दुई खेल खेलेपछि फ्रान्स ४ अंकसहित शीर्ष स्थानमा छ । जर्मनी र पोर्चुगलको समान ३ अंक छ भने हंगेरीको १ अंक छ।

अब अन्तिम खेलमा जर्मनीले हंगेरी र पोर्गुचलले फ्रान्ससँग खेल्नेछ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया