विश्वमा १६ करोड ७५ लाख मानिस संक्रमणमुक्त,१ करोड १४ लाख भन्दाबढी सक्रिय संक्रिमत

विश्वमा १६ करोड ७५ लाख ५४ हजार ६ सय भन्दा बढी व्यक्ति कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यस्तै विश्वभर संक्रमितको संख्या १८ करोड २९ लाख ७५ हजार ५३० पुगेको छ ।

संक्रमितमध्ये १ करोड १४ लाख ५८ हजार भन्दाबढी सक्रिय संक्रिमतको संख्या रहेको छ । जसमध्ये ७९ हजार २ सय बढीको अवस्था गम्भीर रहेको छ । यस्तै विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३९ लाख ६२ हजार ७८१ पुगेको छ ।

कोरोनाका कारण विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा ६ लाख २० हजार २४९ जनाको मृत्यु भएको छ भने ३ करोड ४५ लाख ४० हजार भन्दाबढीमा संक्रमण पुष्टि भएको छ ।

छिमेकी मुलुक भारतमा संक्रमितको संख्या ३ करोड ४ लाख १० हजार ५७७ पुगेको छ भने ३ लाख ९९ हजार ४७५ जनाको मृत्यु भएको छ । हालसम्म २ करोड ९४ लाख ८१ हजार ५२२ जना संक्रमणमुक्त भएका छन् । हाल ५ लाख २९ हजार ५८० जना संक्रिय संक्रमित रहेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया