एनआरएनए जापानको युवा संयोजकमा राजेश खनालको उम्मेद्वारीको घोषणा

विष्णु रोकाया,जापान । गैरआवसीय नेपाली संघ (एनआरएनए) जापानको युवा संयोजकमा राजेश खनालले आफनो उम्मेदवारीको घोषणा गरेका छन ।

एनआरएनए जापानको दशौ महाधिवेशन नजिकिदै गर्दा राजेशले युवा संयोजकको उम्मेदवारी घोषणा गरेका हुन ।

यस अघिको कार्यकालको सदस्य रहेका राजेशले संस्थाभित्र भएका कमजोरी र गलत प्रवृतिको निरन्तर खवरदारी गर्दे आईरहेका थिए । गलत प्रवृति भएकाहरुलाई पराष्त गर्दै आपतविपतका बेलामा सहयोगमा जुटी भरोसा,आत्मियताको संगठन र उच्च छबि निर्माण गर्न आफू लागि पर्ने राजेशले वताए ।

निःस्वार्थ भावले एनआरएनएमा आबद्ध भएको हुदाँ अन्जानबस भएका गल्तीलाई स्विकार्ने हिम्मत राखेको र बिगतको अनुभवका आधारमा केहि गर्न सक्छु भन्ने आत्मविश्वास, अग्रजहरुको अनुरोधमा आफुले युवा संयोजकमा उम्मेदवारी दिएको खनाल वताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया