जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको केन्द्रीय सदस्य पदमा लक्ष्मी केसी महर्जनले उम्मेद्वारी दिने घोषणा गरेकी छन ।
एनआरएनए जापानको केन्द्रीय सदस्य पदमा आगामी कार्यकाल २०२१-०२३ को लागि लक्ष्मी केसी महर्जनले उम्मेद्वारी दिने घोषणा गरेकी हुन ।
एनआरएनए चिवा तदर्थ समिति र क्षेत्रिय समिति चिवाको उपसंयोजक पदमा रहि आज एनआरएनए रा।स।प जापानको केन्द्रिय सदस्यमा उम्मेद्वार दिने निर्णय गरेको केसीले बताईन ।
यस्तो छ लक्ष्मी केसी महर्जनको अनुरोध
आदर्णीय सम्पूर्ण जापानबासी नेपाली दाजुभाई तथा दिदी वहिनीहरू, सामाजिक अभियन्ताहरू, पत्रकारज्युहरू, विशेषतस् गैर आवासिय नेपाली संघ जापानमा आबध्द रहनुभएका मतदाताज्युहरू, व्यवसायिक व्यक्तित्वहरू, वुध्दिजिवी महानुभावहरू सम्पुर्णमा नमस्कार
निर्वाचन प्रजातान्त्रिक अभ्यासको सुन्दर पक्ष हो यसै सवालमा म लक्ष्मी के।सी महर्जन हिजो तदर्थ समिति र क्षेत्रिय समिति चिवाको उपसंयोजक पदमा रहि आज एनआरएनए रा।स।प जापानको केन्द्रिय सदस्यमा आफ्नो उम्मेदवारी घोषणा गर्ने निर्णय गर्दछु।
एनआरएनएको नेता होईन मलाई कार्यकर्ता बनाई कामगर्ने अवसर यहाँहरुले मिलाईदिनु भएमा प्राप्त विश्वासका हरेक मतको कदर गर्दै एनआरएनएको अभियानमा रहेर नेपाल र नेपाली समुदायको हितमा रहि काम गर्नेछु र सबै सँग हातेमालो गर्दै अगाडी बड्ने छु१ यहाँ यो त्यो गर्छु अथवा हिजो यती गरे उतिगरे भनेर म भन्दिन, जे जतिगरे सब मेरो खुसीको लागी गरे र अझै पनी धेरै गर्नुछ, यसमै मैले सारा खुसी महसुस गरेको हुन्छु, म देखाउन र देखिन भन्दा पनी नजानेका कुरा जान्न र जानेका कुरा बाड्नमा जोड गर्छु तसर्थ यहाँहरुको साथ सहयोग र सल्लाहको सधैझै अपेक्षा राख्दछु।
जय एनआरएनए
लक्ष्मी केसी महर्जन
एनआरएनए रा.स.प जापान
केन्द्रिय सदस्य उम्मेद्वार

फेसबुकबाट तपाइको प्रतिक्रिया