हेटौडा । बागमती प्रदेशसभा बैठक बसेको छ । मंगलबार प्रदेशसभा नियमावली संशोधनका लागि समिति गठनमा सर्वदलीय सहमती कायम गर्न समस्या हुँदा तोकिएको समयभन्दा करिव साढे २ घण्टा ढिलो गरी बसेको थियो ।
नियमावली संशोधनका लागि समिति गठन गरी अघि बढ्नु पर्ने विपक्षीहरूको माग अनुसार सर्वदलीय बैठकमा केही विपक्षी दलका नेताहरु आउँन ढिला हुँदा प्रदेश सभाको बैठक अबेर गरी सुरु भएको हो ।
बैठकमा प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त ४ वटा विधेयक प्रमाणीकरणको सूचना संसद्मा बाचन गरेर सुनाएका थिए ।
त्यस्तै बैठकको शुन्य समयमा समय माग गरी बोल्दै प्रदेशको सत्तारुढ दल नेकपा एमालेका सांसदहरुले सरकारले पार्टी फुटाउने अध्यादेश ल्याएकोमा विरोध गरेका छन् ।
उनीहरुले संसद्मा आफ्नो धारणा राख्दै संघीय सरकारले नेकपा एमाले फुटाउनको लागि अध्यादेश ल्याएकामा विरोध गर्दै उक्त विधेयक तत्काल खारेज गर्नुपर्ने माग गरे ।

फेसबुकबाट तपाइको प्रतिक्रिया