हेटौंडा । डोरमणि पौडेलले एमालेको प्रदेशसभा संसदीय दलको नेता र मुख्यमन्त्री पदबाट राजीनामा दिँदै सरकारको नेतृत्व परिवर्तनका लागि बाटो खोले लगत्तै एमालेबाटै अष्टलक्ष्मी शाक्य प्रदेशसभा संसदीय दलको नेता चयन हुँदै मुख्यमन्त्री बन्न सफल भइन् ।
बागमती प्रदेश सरकारको नेतृत्व गरेका मुख्यमन्त्री पौडेल निजी निवास फर्किएका छन् । बिहीबार मुख्यमन्त्री कार्यालय छाडेर निजी निवास फर्किने क्रममा पार्टी निकट युवा तथा विद्यार्थीका नेता कार्यकर्ताहरुले गाडी र मोटरसाइकलले स्कर्टिङ गरी निवास पुर्याएका थिए ।
४२ महिना सरकारको चलाएका निवर्तमान मुख्यमन्त्री पौडेलले हेटौंडा९२ स्थित सरकारी निवास छोडेर बाहिरिदै गर्दा हेटौंडाबाट पार्टी निकट युवा तथा विद्यार्थीका नेता कार्यकर्ताहरुले गाडी र मोटरसाइकलले स्कर्टिङ गरी निवास पुर्याएका थिए ।
एमाले नेता कार्यकर्ताले ‘पार्टी एकता जिन्दावाद, नेकपा एमाले जिन्दाबाद, डिएम बा वी लभ यू, हाम्रो नेता कस्तो होस, डिएम बा जस्तो होस’ जस्ता नारा लगाएका थिए । उनी ‘सन रुफ’बाट टाउको निकाल्दै सरकारी निवासदेखि निजी निवाससम्म पुगेका थिए ।
एमाले कार्यकता, युवा विद्यार्थीको स्कटिङमा निजी निवास पुगेका निवर्तमान मुख्यमन्त्री पौडेलले पार्टी र जनताको पक्षमा काम गर्ने बताए । नेतृत्वमा रहदा हेटौंडाको बिकासका लागि काम गरेको भन्दै अब पार्टी निर्माणसँगै जनताको पक्षमा काम गर्ने उनको भनाई थियो ।
पदमा रहँदा पार्टीको काम र तथा अभियानमा क्रियाशील हुन नपाएको भन्दै अबको अधिकाशं समय पार्टी काममा सक्रिय रहनने बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया