पार्टी निर्माणमा अगाडी बढ्न नेता कार्यकर्तालाई केन्द्रीय सचिव गुरुङको आग्रह

बागलुङ । नेकपा एमालेका केन्द्रीय सचिव तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नेकपा एमालेमा अहिले कुनै गुट नरहेको दाबी गर्नुभयो ।

नेकपा एमाले बागलुङले बिहीबार आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्दै गुरुङले एमालेमा एकता नचाहनेहरु छुट्टिएपछि पहिलाको भन्दा झनै शसक्त भएर अगाडी बढेको बताउनुभयो ।
एमालेमा केही आन्तरिक समस्या थियो, सामधानको पहलकदमी गर्दा केही तत्वले पार्टी फुटाएर गयो, तर एमालेको गुट र खराब तत्व फुटेर गएकाले अब एमाले झनै सशक्त भएर अगाडी बढेको गुरुङले बताउनु भयो ।
एमालेमा झनै निखार आएको छ, एमालेले विद्यान सभामा विधान संसोधन गरेर अगाडी बढ्छ, भावनात्मक एकतापछि पहिला कुन धारमा थियो भन्ने कारणले भेदभाव हुँदैन ।”

एमालेको सानो अंश फूटेर गएपछि एमालेलाई झन जाग्न सिकाएको भन्दै उहाँले कुनै संकुचित भावना नराखी पार्टी निर्माणमा अगाडी बढ्न उहाँले आम नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री तथा नेकपा एमालेका गण्डकी प्रदेश संयोजक किरण गुरुङले नेकपा एमाले आगमी दिनमा गुट रहितको बन्दै जनताको भावनालाई कदर गर्ने पार्टीको रुपमा अगाढी बढ्ने बताउनुभयो ।
एमाले अब बागलुङमा एकढिक्का भएको बिहीबार जिल्ला भेलामा उपस्थिति नेता कार्यकताहरुले देखाएको एमालेका नेताहरुको दाबी रहेको छ ।

जिल्ला भेलामा नेकपा एमालेका केन्द्रिय सदस्य लिला बहादर थापा मगर, केन्द्रिय सदस्य गोविन्द बहादुर नेपाली, केन्द्रिय सदस्य तथा नेकपा एमालेका बागलुङ जिल्ला इन्चार्ज मन कुमारी केसी लगायतले मन्तव्य राख्नुभएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया