टोकियो । गुल्मेली समाज जापानको चौथो अधिवेशन यही अक्टोबर २४ तारिख हुने भएको छ ।
गुल्मेली समाज जापानको चौथो अधिवेशन यही अक्टोबर २४ तारिख शिनओकुबो सोलमारी मुरा हलमा हुने भएको हो ।
उक्त दिन आइतबार दिउसो १ बजेबाट कार्यक्रम हुने भएकोले कोरोनाको कारणबाट स्थगित भएको अधिवेशन यसपाली सम्पन्न गरीने प्रचार प्रसार प्रमुख राम प्रसाद ढ़कालले जानकारी दिनु भएको छ।
गुल्मेली समाज जापानको चौथो अधिवेशन गतवर्ष अक्टोबर १८ तारिख आइतबार हुने भनिएको चौथो अधिवेशन नेपाली समुदायको अग्रज ब्यक्तिहरुलाई कोरोनाभाईरस संक्रमण पुष्टि भएपछि स्थगित गरेको थियो ।
कोरोनाको कारण बृहत् उपस्थिति नगरी गुल्मेलीहरु मात्र उपस्थित भई अधिवेशन सम्पन्न गर्ने जानकारी समेत ढ़कालले दिनु भयो ।
२०१५ मा सम्पन्न तेश्रो अधिवेशनको नेतृत्वले नयाँ कार्यसमितिलाई नेतृत्व हस्तांतरण गर्ने बुझीएको छ। यही समाचारलाई सूचना र निमंत्रण मानेर जापानबासी गुल्मेलीहरुलाई उपस्थित हुन आयोजक कमिटिले अनुरोध समेत गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया