शुभकामना आदान-प्रदान तथा टोकियोमा भव्य देउसीभैलो कार्यक्रम हुँदै

जापान । नेपाली दोस्रो ठुलो पर्व तिहारको अवसरमा शुभकामना आदानप्रदान तथा जापानको राजधानी टोकियोमा भव्य देउसीभैलो कार्यक्रम हुने भएको छ ।

मातृ सन्देश डट कमको आयोजनामा बिक्रम सम्बत २०७८ सालको विजया दशमी, शुभ दिपावली, नेपाल सम्बत्, छठ पर्व, उँधौली पर्व, ल्होछार लगायत नेपाली चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान तथा देउसीभैलो कार्यक्रम २०२१ आयोजना गरिएको ग्लोबल मल्टीमिडिया प्रालि तथा मातृ सन्देश डट कम प्रमुख व्यवस्थापक गीरबहादुर तामाङले जानकारी दिनुभयो ।

गरिएको ग्लोबल मल्टीमिडिया तथा मातृ सन्देश डट कमका निर्देशक ददिवल खड्काका अनुसार नेपाली संस्कृति मध्ये रमाईलो पर्वको रूपमा रहेको शुभ दीपावलीको अवसरमा जापानवासी नेपालीहरुमा शुभकामना आदानप्रदान तथा देउसी भैलो कार्यक्रम आयोजना गरिएकोले बताउनु भयो ।

ग्लोबल मल्टीमिडिया तथा मातृ सन्देश डट कमका अध्यक्ष तथा प्रधानसम्पादक शान्त पहरीका अनुसार माया रेष्टुरेन्ट गोतान्दा टोकियोमा हुने शुभकामना आदान(प्रदान तथा भव्य देउसीभैलो कार्यक्रम सहभागिताको लागि सबै जापानवासी नेपाली तथा जापानीलाई खुल्ला अपिल गरेको बताउनु भयो ।

जी एण्ड के कम्पनीले बजारमा ल्याउन लागेको एक्स मोवाइलले उक्त कार्यक्रमको मुख्य प्रयोजन गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया