टोकियो । नेपाली जनप्रगतिशील मञ्च जापानको क्षेत्रीय समितिहरुको अधिबेशनको तयारी तीव्र बनेको छ । नेकपा माओवादी केन्द्रको प्रवास संगठन जनप्रगतिशील मञ्च जापानको ५ ओटा क्षेत्रीय समितिहरुको अधिवेशनको तयारी तिब्र बनेको हो ।
संगठनलाई सुदृढ़ र क्रियाशील बनाउदै संगठनप्रति आस्था र विश्वास राख्नेहरुलाई एकताबद्द गर्दै लाने कमिटीको निर्णयलाई कार्यान्वयन गर्दै अधिवेशनको तयारीका लागि व्यवस्थापन र केन्द्रिय अधिवेशन आयोजक समितिसंग समन्वय गर्ने जापानका अध्यक्ष हवलचन्द्र लामाले जानकारी दिनुभयो ।
जनप्रगतिशील मञ्च जापान अन्तरगत क्षेत्रीय समिति कान्तोको ८ औं अधिवेशन नोभेंबर २० तारिख हुने भएको छ । नेपाली जनप्रगतिशील मञ्च जापानको क्षेत्रीय समिति कान्तोको अधिवेशन उक्त दिन सोलमारी मुरा हल शिनओकुबोमा हुने भएको अधिवेशन इन्चार्ज दावा शेर्पाले जानकारी दिनुभयो ।
नेपाली जनप्रगतिशिल मञ्च जापान क्षेत्रीय कमिटी नागोयाको क्षेत्रीय अधिवेशन नोभेम्बर १४ तारिखका दिन हुने भएको छ । अधिवेशन सम्पन्न गर्नका लागि हरिदोङ तामाङ संयोजक रहेको ३२ सदस्यीय अधिवेशन आयोजक समिति गठन गरेको छ ।
नेपाली जनप्रगतिशील मञ्च जापानको क्षेत्रीय समिति नागोया नोभेम्बर १४ तारिख, फुकुओका नोभेम्बर २० तारिख, कान्तो नोभेम्बर २० र ओकिनावा र निगाता घोषणा गर्न बाँकी रहेको जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया