टोकियो । जापानलाई कर्मथलो बनाउनु भएकी गायिका शर्मिला तामाङको “मेलम्चीको पानी” बोलको नयाँ गीत सार्वजनिक भएको छ ।
शिब हमालको लय तथा गायिका एवं प्रस्तुतकर्ता शर्मिला तामाङकै शब्द तथा अलिफ खान र शर्मिलाको सुमधुर स्वरमा रहेको गीतको शर्मिला तामाङको अफिसियल यूट्यूबबाट सार्वजनिक भएको हो ।
उक्त गीतको म्युजिक भिडियोमा अन्जली अधिकारी र मौसम हिमालीको आकर्षक अभिनय रहेको छ ।
गीतमा मेलम्चीको पानी कहिले काठमान्डौ आउछ भन्ने चर्चा चल्ने गरेको पाइन्छ भने अहिले सर्जकले यहिलाई मायाको बिषयबस्तु बनाएर गीत बनाएका छन् ।
मौसम हिमालीको निर्देशन रहेको भिडियोमा नबराज उप्रेतीको छायांकन रहेको छ भने मनोज केसीले सम्पादन र बिमला तामाङले श्रीगार गरेका छन् ।
पुरा भिडियो लिंक

फेसबुकबाट तपाइको प्रतिक्रिया