कांग्रेसले दम्भ र माओवादीले अहंकार देखायो : एकीकृत समाजवादी

काठमाडौं । स्थानीय चुनावको समीक्षा गर्न बसेको नेकपा एकीकृत समाजवादीको बैठकमा नेपाली कांग्रेसले दम्भ र माओवादी केन्द्रले अहंकार देखाएको रिपोर्टिङ भएको छ ।

मंगलबारदेखि सुरु भएको स्थानीय कमिटीको बैठकमा ७ वटै प्रदेशबाट रिपोर्टिङ भएको थियो । ‘जुन ढंगले गठबन्धन हुनुपर्ने हो, त्यसरी कार्यान्वयन भएन’, बैठकमा भएको रिपोर्टिङबारे जानकारी गराउँदै नेता बलाराम बास्कोटाले भने, ‘कांग्रेसले दम्भ देखायो, माओवादीले अहंकार देखायो ।’

प्रदेश १ बाट घनेन्द्र बस्नेत, मधेशबाट रामचन्द्र यादव, वागमतीबाट सावित्रा भुसाल, गण्डकीबाट केशवलाल श्रेष्ठ, लुम्बिनीबाट भागवत विश्वासी, कर्णालीबाट प्रकाश ज्वाला र सुदूरपश्चिम प्रदेशबाट गरिमा शाहले रिपोर्टिङ गरेका थिए ।

कांग्रेसको दम्भ र माओवादीको अहंकारकै कारण परिणाम सोचेजस्तो नआएको नेताहरुको निष्कर्ष छ । अध्यक्ष माधव नेपालले पेस गरेको प्रतिवेदनमा समेत ‘गठबन्धनलाई आफ्नो हितमा मात्र प्रयोग गर्न चाहने प्रवृत्ति कांग्रेस र माओवादी केन्द्रमा बढी मात्रमा देखिएको’ उल्लेख गरिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया