काठमाडौं । नेपालमा थप ३३८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४४९४ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा ३३८४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ६७७८ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ६२९५ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ६१ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ८३६६ पुगेको छ । क्वारेन्टाइनमा ५५२ जना छन् भने आइसोलेसनमा ७१३०१ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया