जापानको तेश्रो ठूलो शहर नागोयामा दोश्रो नेपाल फेष्टिवल आयोजना हुने

नागोया । जापानको तेश्रो ठूलो शहर नागोयामा दोश्रो नेपाल फेष्टिवल आयोजना हुने भएको छ । नागोयामा बसेको भेलाले आगामी सेप्टेम्बर ३ तारिख शनिवार र ४ तारिख आईतवार फेष्टिवल गर्ने निर्णय गरेको फेष्टिवल प्रचार प्रसार उप समितिका संयोजक भवानी पन्तले बताए ।

फेस्टिवल सम्पन्न गर्न एनआरएनए नागोया क्षेत्रीय समिती आयोजक रहने छ भने सह-आयोजक तथा प्रायोजकहरु छिटैं घोषणा गरिने एनआरएनए नागोयाका संयोजक मनोज बम मल्लले बताए।
फेष्टिवल सम्पन्न गर्नका लागी एनआरएनए नागोयाका पूर्व अध्यक्ष एवं एनआरएनए आईसिसि सदस्य समेत रहेका दिपक कार्की संयोजक र एमविए नागोयाका उप – संयोजक समेत रहेका अर्जून केसी उप- संयोजक रहेको आयोजक समिति गठन गरिएको छ। फेष्टिवल सफल पार्न पहिलो नेपाल फेष्टिवल झैं सबैबाट सहयोग प्राप्त हुनेमा आफु विश्वत रहेको बताउँदै अबको फेष्टिवल अझैं आर्कषक हुने आयोजक समिति संयोजक दिपक कार्कीको भनाई छ।

जापान हुने गरेका फेष्टिवलहरुमा प्रायः घाटा मात्रै हुने गर्छ किन होला भन्ने जिज्ञासामा अरु ठाउँमा त्यस्तो भए पनि नागोयामा त्यस्तो नभएको उनले बताए । यस अघिको फेस्टिवलमा पनि करिब ८ लाख येन बचत भएको केसीको भनाई छ। यस पालिको फेस्टिवल झनैं पारदर्शी बनाईने उनले बताएका छन्।

फेस्टिवल सम्पन्न गर्नका लागी बिभिन्न उप – समितिहरु पनि निर्माण भएका छन्। आर्थिक व्यवस्थापन समितिमा व्यवशायी हरु समेत रहेका डिलाराम खरेल संयोजक र भोषनाथ गौतम , भवानी पन्त उप- संयोजक रहेका छन्। स्टल व्यवस्थापन समिति एनआरएनए जापानका उपाध्यक्ष राजकुमार अधिकारी संयोजक र बिकास राना सदस्य रहने गरि बनेको छ। स्वयं सेबक परिचालन तथा व्यवस्थापन समितिमा राम थापा संयोजक देव घिमिरे, मनोज केसी र अनिल शाक्य सदस्य रहेका छन्।

त्यसै गरि फोहर व्यवस्थापन समितिमा कुशल पौडेल संयोजक र युवराज गौतम सदस्य रहेका छन्। होटल व्यवस्थापन समिति बाबुराम खरेल संयोजक र गोविन्द्र भूषाल सदस्य रहने गरि बनेको छ। अतिथि सत्कार तथा यातायत समितिको संयोजक रहेर गल्कोट समाज जापानका अध्यक्ष समेत रहेका यम खत्रीले जिम्बेवारी बहन गर्ने छन्। खादा/ व्याच वितरण तथा स्टेज व्यवस्थापनको संयोजकको जिम्बेवारीमा साहित्यकार तथा व्यवशायी विष्णुप्रसाद घिमिरे रहने छन्। सांस्कृतिक व्यवस्थापन समितिमा संयोजकमा कलाकार तथा एनआरएनए जापानका सचिव श्याम शितल रहने छन्। आपतकालिन स्वास्थ्य सेवा व्यवस्थापन समिति संयोजकमा भने व्यवशायी नरवहादुर थापा रहने बताइएको छ।

आवश्यकता अनुसार समितिहरु बिस्तार गरिदैं लगिने नेपाल फेष्टिवल मूल आयोजक समितिका उप-संयोजक अर्जून केसीले बताए।

फेसबुकबाट तपाइको प्रतिक्रिया