प्रवासी नेपाली मञ्च जापान नागोयाको आयोजनामा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

नागोया । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक तथा प्रतिनिधी सभा सदस्य विशाल भट्टराईले प्रवासमा सिकेको ज्ञान, सिप स्वदेशमा भित्र्याउन आग्रह गर्नु भयो ।
शुक्रबार प्रवासी नेपाली मञ्च जापान, नागोयाको आयोजनामा समृद्ध नेपाल निर्माणमा प्रवासी नेपाली भूमिका विषयक अन्तर्क्रिया कार्यक्रममा नेता भट्टराईले यहाँ जापानमा सिकेको सिप नेपालमा भित्र्याउन आग्रह गर्दै त्यसको लागि आफ्नो पार्टी एमालेले सक्दो सहयोग गर्ने बताउनु भयो ।

कार्यक्रममा विशेष अतिथी प्रवासी नेपाली मन्च पुर्वी एसिया माहादेशिय कमिटी अध्यक्ष डा.सरोज कंडेल, एनआरएनए आईसिसी सदस्य दिपक कार्की, एनआरएनए जापानका उपाध्यक्ष राजकुमार अधिकारी, सचिव श्याम सितल श्रेष्ठ, नेसाजका अध्यक्ष अजय राना, एनआरएनए नागोया अध्यक्ष मनोज बम मल्ल, राष्ट्रिय कमिटिका सदस्यहरु अर्जुन केसी, रामकुमार थापा, सल्लाहाकार केशर गिरी, पत्रकार बिनोद कुमार सापकोटा लगाएतको उपस्थिती रहेको थियो ।
प्रमुख अतिथी विशाल भट्टराई, बिशेष अतिथी डा. सरोज कंडेल, दिपक कार्की, राजकुमार अधिकारी, अजय राना लगाएतले मन्तब्य राख्नु भएको थियो ।
साथै परदेशमा रहेर पनि नेपाली कला सस्कृतिको जगेर्ना गर्नु पर्छ भन्ने उदेश्यले कलाकारहरुलाई आफ्नो कला प्रस्तुती गर्ने अवसर समेत प्रदान गरिएको थियो । गायक श्याम सितल श्रेष्ठ, प्रेम कुमार राई, बिशाल खत्री र सरोज गुरुङले गीत र रिता थापा क्षेत्रिले नृत्य र निलम राउतले क्यारिकेचर गर्नु भएको कुरा प्रवासी नेपाली मन्च नागोयाका सचिव कुमार अधिकारीले जानकारी गराउनु भयो ।
कृष्ण प्रसाद भुसालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष नरेश राईले स्वागत मन्तब्य राख्नु भएको थियो भने सहसचिव इश्वर थापाले सन्चालन गर्नु भएको थियो ।

औपचारिक कार्यक्रम सुरु हुन पुर्व विशाल भट्टराईले जापानको नागोयामा अवस्थित टोयोटा कम्पनी र गिफुमा रहेको कम्पोस्ट मल उधोगको अवलोकन गर्नु भएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया