टोकियो। चितवन समाज जापानको चौथों अधिवेशन सम्पन्न भएको छ । टोकियोमा बुधबार सम्पन्न चौथो अधिवेशनले अध्यक्षमा ईश्वरी कँडेल सर्वसहमत निर्वाचित गरेको छ ।
चितवनबाट जापान आएर रोजगार, व्यावसाय, अध्ययन लगायत बिभिन्न पेशा गरि रहेका चितवनबासीको संस्थाको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा टंक गैरे, उपाध्यक्षमा रामु खरेल, अनिल पौडेल र प्रदिप खरेल महासचिवमा कविकिरण न्यौपाने, सचिवमा विनोदकुमार सापकोटा र अनुपराज कंडेल, कोषाध्यक्षमा धिरन कंडेल र सह कोषाध्यक्षमा मनीषा प्रधान सर्वसहमत रूपमा निर्वाचित भएको निर्वाचन समितिका सदस्य तुलसीराम खरेलले जानकारी दिए ।
निर्वाचन समितिका सदस्य खरेलका अनुसार समाजको केन्द्रीय सदस्यमा निर्वाचित हुनेहरूमा बिरेन्द्र सापकोटा, युवराज ढकाल, विवश कंडेल (महेन्द्र), बिमल कंडेल, लक्ष्मण गैरे, अमित सापकोटा र बिनोद कुमाल निर्वाचित भएका छन ।
कार्यक्रममा बोल्ने वक्ताहरूले प्रवासमा स्थापित समाजहरूले आफनो उदेश्य अनुरूप ख़ास अर्थको सामाजिक कार्यमा आफूलाई क्रियाशील गराउन आग्रह गर्दै जापानमा चितवन समाजले गरेका सामाजिक कार्यको चर्चा गरेका थिए ।
कार्यक्रममा समाजलाई विभिन्न अवसरमा योगदान पुर्याउने व्यक्ति व्यक्तित्वलाई सम्मान पत्रद्वारा सम्मानित गरिएको थियो । कार्यक्रम समाजका अध्यक्ष राजनकुमार श्रेष्ठको अध्यक्षता वरिष्ठ उपाध्यक्ष ईश्वरीप्रसाद कंडेलको स्वागत मन्तव्य र कविकिरण न्यौपानेको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया