जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रीय समन्वय परिषद (आइसीसी)को सदस्यमा जापानबाट युवा ब्यवसायी कार्कीद्वारा उम्मेदवारी दर्ता गर्नुभएको छ।
जापानबाट एनआरएनए आइसीसी सदस्यमा आगामी कार्यकालकाे सदस्यमा जापानबाट युवा ब्यवसायी सुमन कार्कीद्वारा उम्मेदवारी घोषणा गरि दर्ता गरेका सुमन कार्कीसँग नेपाल प्रदेश डट कमका लागि गणेश घिसिङले आगामी योजनाको बारेमा गरेको विशेष कुराकानी अंश:-
* एनआरएनए आइसीसी सदस्य किन होमिनु भयो ?
– एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषद (आइसीसी) सदस्यमा म गैरआवासीय नेपालीहरुलाई एनआरएनएमा एकताबद्ध र नेपाली कला संस्कृति विश्वभर पुर्याउन र नेपालमा पर्यटन विकासको लागि एनआरएनए आइसीसी सदस्यमा मैले उम्मेदारी दिएको हुँ ।
* चुनाब नै हुन्छ कि सहमति ?
– हामी सहमतिको लागि लागिपरेका छौं । सहमति भएन भने निर्वाचन हुनेछ ।
* निर्वाचन कहिले हुन्छ ?
– एनआरएनए आइसीसी सदस्य निर्वाचित हुनको लागि जापानको ११ औं राष्ट्रीय महाधिवेशन जुलाई ३० तारिखको निर्वाचन हुने छ ।
* तपाई चुनाबमा होमिनु भयो, जित्नु हुन्छ ?
– जीत हार एउटा ठाउँमा छ, चुनाबमा आएसी सबैले जितछु नै भन्ने गर्छन तर म जित्ने गरि नै उठेको छु ।
* जित्ने आधार के छ ?
-मैले जित्ने हिसाब गरेरै मैदानमा आएको छु । जापानमा हुने हरेक कार्यक्रममा मैले आफ्नो ब्यवसायीबाट कमाईको ३०% जती सामाजिक कार्यमा छुट्याएको छु र त्यही अनुसार सहयोग गर्दै आएको छु । पैसा कमाएको छैन होला तर थोरै कमाईले पनि धेरै साथी भाई बनाको छु त्यही आधारमा म चुनाब हात पार्छु ।
*परिणाम सोचे विपरीत आयो भने ?
– त्यस्तो आउदैन, चुनावी परिणाम जस्तो आएनी स्वीकार छु ।
* तपाई के-के मा आवद्ध हुनुहुन्छ ?
– म नेपालबाट नै ब्यवसायी रूपमा जापान आएको हुँ । अहिले जापानमा रहेर एनआरएनए, रामेछाप समाज जापानको सल्लाहकार, नेपाल जापान संस्कृति समाजको सल्लाहकार, ईक्यानको सदस्य, नाटामा आवद्ध छु । ब्यवसायी रूपमा ट्राभल, शैक्षिक परामर्श संस्था लगाएतमा आवद्ध छु ।
* भावी योजना के छ तपाईको ?
-मेरो भावी योजना नयाँ पुस्तालाई एनआरएनएमा संगठित गर्ने, नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने, नेपालको ग्रामीण क्षेत्रको शिक्षाको स्तर उन्नति गर्न सहयोग गर्ने र नेपालको कला संस्कृतिलाई विश्वभर पुराउने योजना छ त्यस कारण यहाँ होमिएको हुँ ।
*हँस समय र संवादको लागि धन्यवाद, शुभकामना ।
– तपाईलाई नि धन्यवाद, मेरो विचार राख्ने वातावरण मिलाईदिनु भयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया