नेपाली समाज जापानको चौथो महाधिबेशन सम्पन्न, अध्यक्षतामा शिशिर लिम्बु

जापान : जनता समाजबादी पार्टी नेपालको प्रवास संगठन नेपाली समाज जापानको चौथो महाधिबेशन सम्पन्न भएको छ ।

नेपाली समाज, जापानले चौथो महाधिवेशन टोकियोस्थित ओकुतामा रिभरमा करिव ६ किमि लामो राफ़्टिंग अनि सद्भभावपुर्ण बार्बिक्यु सहितको कार्यक्रमसंगै नयाँ शैलीमा गर्न महाधिबेशन सम्पन्न गरेको हो ।

चोथो महाधिबेशनले शिशिर निङलेकु लिम्बुको अध्यक्षतामा सर्वसम्मत रुपमा १९ सदस्यीय नयाँ कायसमिति चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा लक्ष्मिहाङ आङवो र सविन श्रेष्ठ महिला उपाध्यक्षमा कविता थापा मगर ,महासचिवमा गेल्बु शेर्पा, उपामहासचिवमा युवाराज लावोती, सचिवमा दिप लिम्बु, महिला सचिवमा रस्मिता राइ ,कोषाध्यक्षमा सन्दिप चेम्जोङ ,प्रवक्तामा भबिन्द्र कुलुङ राइ चयन भएका छन भने सदस्यहरुमा क्रमश बरुण पुन राइ, इन्द्रजंग माझी ,डेनी तामाङ ,रोशन गुरुङ ,अभिषेक श्रेष्ठ, नवीन यादव ,कृष्ण शर्मा, नवीन बिक र रामकुमार दाहाल रहेका छन ।
महाधिबेशनमा प्रमुख अतिथि तथा निर्वाचन समिति प्रमुख गिरिप्रसाद गुरुङले नयाँ कार्यसमितिहरुलाइ सपथ ग्रहण समेत गराउनुभएको छ । नेपाली समाज जापानका अध्यक्ष पेम्बा शेर्पाको सभापतित्वमा भएको कार्यक्रममा लक्ष्मीहाङ आङवोले स्वागत मन्तब्य राखेका थिए भने महासचिव गेल्बु शेर्पाले कार्यक्रम संचालन गरेका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया