गणेश घिसिङ,जापान । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद एनआरएनएको कोषाध्यक्ष पदमा जापानबाट युवा ब्यवसायी सुदन थापाले उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनए आईसीसीको आगामी कार्यकाल २०२३-०२५ का लागि कोषाध्यक्ष पदमा थापाले उम्मेदवारी दिने घोषणा गरेका हुन ।
एनआरएनए जापानका पूर्वअध्यक्ष थापाले कोषाध्यक्षमा उम्मेदवारी दिन लागेका हुन् । एनआरएनए आईसीसीको युथकोअर्डिनेटरको जिम्मेवारी समेत समालेका थापाले कोषाध्यक्षमा उम्मेदवारी दिन लागेको बताउनु भयो ।
बिगत १६ बर्षदेखि जापानमा व्यापार, ब्यवसायी र सामाजिक कार्यमा सक्रिय थापा काम गर्न अब्बल युवाको रुपमा चिनिन्छन । सन् २००८ बाट एनआरएनए जापानको कार्यसमिति सदस्य भएर एनआरएनएमा आफ्नो सामाजिक सेवा सुरू गरेका थापाले अहिलेसम्म निरन्तर रुपमा एनआरएनएमार्फत सामाजिक सेवा गर्दै आएका छन् । थापा एनआरएनए जापानको कार्यसमिती सदस्य २ पटक, उपाध्यक्ष हुुँदै अध्यक्ष तथा एनआरएनए आइसीसी युवा संयोजक हुदै लामो समयसम्म एनआरएनएमा निरन्तर काम गर्ने अभियन्ताको रूपमा परिचित छन्।
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको अधिवेशनले एक खालको रौनक छाएको छ । अधिवेशन नजिकिदै गर्दा उम्मेदवारी पनि घोषणा हुँदै आइरहेका छन । यध्यपि बिगतका कार्यसमितिहरु प्रति आलोचनाबाट मात्र नभइ अहिले सम्म भए गरेका कृयाकलापहरुलाई सुदृढ गर्दै बर्तमान संक्रमणकालिन अबस्थामा संस्थालाई कृयाशिल, ब्यबस्थित र पारदर्शी बनाउन गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको कार्यसमिति भित्रै रहेर विश्वासका साथ काम गर्ने उद्ध्श्यले कोषाध्यक्षमा मेरो उम्मेदवारी रहनेछ थापाले भनेका छन् ।
यहाँहरुको आजसम्मको माया र भोलिको दिनमा मैले दिलाउन सक्ने विश्वासलाइ साक्षि राखेर तपाईहरु बिदेशमा छरिएर रहनु भएका सम्पूर्ण नेपाली दाजु ,भाई,दिदि ,बहिनि इस्ट्मित्र हरूको साथ सद्भाब सहयोगको अपेक्षा गर्दछु ।
निर्बाचन एउटा प्रक्रिया हो, यो अभियानमा मैलेनै जित्नै पर्छ भन्ने धेय म सङ्ग छैन यदि म भन्दा कृयाशिल अग्रजहरु पनि हुनुहुन्छ । यदि उहाँ हरु आउनुहुन्छ भने पनि उहाँहरुमा मेरो उत्तिकै सम्मान रहने थापाले बताएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया