मगर संघ जापानको २१औं महाधिवेशनबाट अध्यक्षमा रामहरी खपांगी सर्वसम्मत चयन

जापान । नेपाल मगर संघ, जापान केन्द्रीय समितिको २१ औं महाधिवेशन सम्पन्न भएको छ । टोकियोमा आईतबार नेपाल मगर संघ जापानको २१औं महाधिवेशन नयाँ कार्यसमिति सर्वसम्मति चयन गर्दै सम्पन्न भएको हो ।
नेपाल मगर संघ जापानको २१औं महाधिवेशनबाट रामेछापका युवा रामहरी खपांगी मगर अध्यामा चयन हुनु भएको छ । ५ जवन आकांक्षितको बिचमा रामहरी खपांगी मगरलाई अन्तिम चणमा सहमति जुटेको हो । नेपाल मगर संघ, जापान कार्यसमितिको अध्यक्ष रामहरी खपांगी मगर सहित बरिष्ठ उपाध्यक्षमा प्रेम प्रकाश रोका मगर, चा उपाध्यक्षहरु भिम श्रीस मगर, लोक बहादुर रोका मगर, मिना पुन मगर, रित राना मगर चयन हुनु भएको छ ।

त्यसै गरि संघको महासचिवमा भिक्टर ठाडा मगर, दुई सचिवहरु दिल बहादुर पुर्जा मगर, माया थापा मगर, कोषाध्यक्षमा सविन थापा मगर, सह कोषाध्यक्षमा सुमि पुन मगर, प्रबक्तामा चिना रोका मगर, सदस्यहरुमा कमल पुन मगर, सागर थापा मगर, दिपेन थापा मगर, दिनेस पुन मगर, छविलाल थापा मगर, खिम थापा मगर, ढक प्रसाद जुगजाली, रमा राना मगर, हेम बहादुर सुर्यवंशी, अशिम खपांगी मगर सहमतिमा चयन हुनु भएको हो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया