एनआरएनए जापानको महिला सचिवमा ललिताको उम्मेदवार, सर्वसहमत हुने सम्भावना

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी २०२५-०२७ कार्यकालका लागि महिला सचिवमा ललिता तामाङले उम्मेदवार दिने घोषणा गरेकी छन ।
टोकियोमा कर्मभूमि बनाएर सामाजिक सेवामा सक्रिय ललितालाई सर्वसहमत महिला सचिव हुने सम्भावना बढ़ेको छ ।

ललिता तामाङ, एनआरएनए अभियानमा लामो समयदेखि सक्रिय रहेर विभिन्न जिम्मेवारीहरू सफलतापूर्वक वहन गर्दै आएको र एनआरएनए कान्तो क्षेत्रीय समितिमा सदस्य, महिला उप–संयोजक, हुदै हाल २०२३-०२५ मा एनआरएनए जापानको केन्द्रीय सदस्यको रूपमा काम गरेर धेरैको मन जितेकोले महिला सचिवमा उनी एक्ली उम्मेदवार हुने सम्भावना छ।

सामाजिक संस्थाको अनुभव, पारदर्शिता, सहकार्य र सबैको आवाजलाई प्रतिनिधित्व गर्ने सोचसहित अहिले एनआरएनए जापान २०२५-२७ को महिला सचिव पदको उम्मेदवार बनेकी ललिताले महिला सहभागिता, सशक्तिकरण र समावेशीतालाई अझ मजबुत बनाउने उद्देश्यले यो जिम्मेवारीमा अघि बढेकी बताईन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया