जापान । ओसाका एक्स्पो अप्रिलमा उद्घाटन भएको ९८ दिन पछि नेपाल मण्डप अन्ततः सर्बसाधारणको लागि औपचारिक रूपमा खुला भएको छ।
ओसाका एक्स्पो २०२५ मा बहुप्रतिक्षित नेपाली पेभिलियन अन्ततः जुलाई १९ तारिख शनिबारदेखि औपचारिक रूपमा संचालनमा आएको हो । क्रिस्टल र बुद्ध मूर्तिहरू प्रदर्शन गर्नुको साथै, नेपाली मण्डपमा उपहार पसल र सात रेस्टुरेन्टहरू छन्।
नेपाल सरकारले निर्माण कम्पनीलाई निर्माण लागतको केही हिस्सा नतिरेपछि यस वर्ष जनवरीमा नेपाल मण्डपको निर्माण कार्य रोकिएको थियो, तर लागत भुक्तानी भएपछि गत महिनाको मध्यमा पुनः सुरु भई द्रुत गतिमा काम भएको थियो । ओसाका एक्स्पो २०२५ मा नेपाल पेभिलियन
सर्बसाधारणको लागि खुल्ला गरिएको छ
नेपाली खाना, परम्परा, कला र संस्कृति ,सभ्यतालाई नजिकबाट संसारको भुगोलमा बृहत्तर रूपमा चिनाउने ओसाका नेपाली समुदायका अग्रज नरेन्द्र बस्नेतले बताए ।
जापानका लागि नेपाली राजदूत डा। दुर्गा बहादुर सुवेदीको सहभागिमा जुलाई १९ बाट औपचारिक रूपमा उद्द्धाटन गरि खुला गरिएको छ ।
एक्स्पो सुरु भएको लामो समय बितिसक्दासमेत नेपाली पेभिलियन संचालनमा नआएको विषयले जापानी सञ्चारमाध्यममा आलोचना खेप्नुपरेको थियो। पेभिलियनको पूर्वतयारी सम्पन्न भइसकेपनि यसको ढोका खुलेर दर्शकलाई स्वागत नगर्नु प्रश्नको विषय बनेको थियो।
तर, नेपाली राजदूत डा। दुर्गा बहादुर सुवेदीको सक्रिय पहल, निरन्तर समन्वय र कठिन परिश्रमपछि अब नेपाली पेभिलियन दर्शकका लागि खुला गर्न लागिएको हो। राजदूत सुवेदीले लामो कूटनीतिक प्रयास र व्यवस्थापनसँगको सहकार्यपछि यो उपलब्धि सम्भव भएको बताइएको छ ।
ओसाका एक्स्पो २०२५ जापानमा आयोजना भइरहेको एक अन्तर्राष्ट्रिय महोत्सव हो, जहाँ विभिन्न देशले आफ्ना संस्कृति, प्रविधि र पहिचान प्रदर्शन गरिरहेका छन्। अब नेपाली पेभिलियनमार्फत नेपालका ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय विशेषता विश्वसामु चिनाउने अवसर प्राप्त हुने आशा गरिएको छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया