काठमाडौं । लोक तथा दोहोरी गायक पशुपति शर्मा राजनीतिक र सामाजिक टिप्पणी मिश्रण हुने गीतका कारण श्रोता-दर्शकमाझ परिचित छन् । सत्ता र बेथितीविरुद्ध उनले संगीतमार्फत उछितो काढे ।
उनै गायक शर्माले हिट हुन सामाजिक सञ्जालमा स्टाटस लेख्ने प्रवृत्तिप्रति व्यंग्य र प्रश्न तेस्र्याएका छन् । उनको यो अभिव्यक्तिप्रति अन्य कलाकारले पनि लाइक र कमेन्टमार्फत समर्थन जनाएका छन् ।
शर्मा लेख्छन्, ‘गीत गाएर भन्दा स्टाटस लेखेर हिट हुनी दिन आइसक्यो । लौन मैले कस्तोविरुद्ध स्टाटस लेखूम ? ओली, देउवा, प्रचण्ड, गगन, रवि, बालेन, हर्क । लौ त कमेन्ट लेख्दिनूस ।’
उनको यो टिप्पणीमा कलाकारसहित सर्वसाधारणले पनि प्रतिक्रिया जनाइरहेका छन् । उनले ६ वर्षअघि ल्याएको गीत ‘लुट्न सके लूट कान्छा’ निकै चर्चित र विवादित बन्यो । त्यसपछि उनले उक्त गीतको दोस्रो भाग पनि ल्याए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया