टोकियो । विश्वमा महामारीको रूपमा फैलिरहेको कोरोना भाईरस (लोभिड-१९) जापानमा एक नेपालीलाई संक्रमण भएको छ ।
जापानमा इबाराकी प्रान्तमा बस्दै आएका एकजना नेपालीलाई कोरोनाको संक्रमण भएको जापानका लागि नेपाली कार्यवाहक राजदूत कृष्णचन्द्र अर्यालले जानकारी दिनुभयो ।
परिवारसंगै जापानको इबाराकी केनमा बस्दै आएका नेपालीमा कोरोना भाईरस पोजिटिभ भएको पुष्टी भएपछि उपचारका लागि स्थानीय चुकुबा हस्पिटलमा भर्ना गरिएको जनाएको छ । जापानमा रहेका ९० हजार नेपालीमा पहिलो पटक उक्त व्यक्तिमा कोरोना भाईरस पुष्टिसंगै नेपाली समुदायलाई दूतावासले भिडभाड र अनावश्यक रूपमा घरबाहिर ननिस्कन पुन: अपील गरेको छ । कोरोनाले जापानमा ७० जनाभन्दा बढ़ीको मृत्यु र ३५ सय बढ़ी संक्रमित हूँदा शुक्रवार टोकियोमा मात्र आज ८९ जना नया सक्रमित थपिएका छन् । जापान सरकारले कोरोना प्रभावित एक परिवारलाई ३ लाख येन दिने घोषणासमेत गरेको छ ।
विश्वभरि कोरोनाको कारण शुक्रबार दिउँसोसम्म १० लाखमा संक्रमण र ५३ हजारको मृत्यु भैसकेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया