काठमाडौं । नेपाली कलाकारहरुको संस्था राष्ट्रिय संगीतकर्मी संघले राहत बितरणको कार्यलाइ तिब्रता दिएको छ । बिपदमा परेका कलाकारलाई आर्थिक सहायता तथा खाद्यान्न वितरण गरेको संघले आज भने लकडाउनको कारण खाद्यान्न सामाग्रीको अभाब भएका र चर्चित कलाकार सुलेमान शंकर इकुबाट संचालित स्नेहा बाल गृहमा १४ जना बालबालिकाको लागी खाद्यान्न सामाग्री दिएको छ ।
संघले चामल,दाल,चिउरा,नुन,दालमोठ,प्याकेट तेल र ग्यास सहितको खाद्यान्न सामाग्री बितरण गरिएको संस्थाका अध्यक्ष राजेन्द्र कुमार कार्कीले जानकारी दिनुभयो । राष्ट्रिय संगीतकर्मी संघ र आरटी मार्टको संयुक्त पहलमा राजेश तिमिल्सिना,राजेन्द्रकुमार कार्की,राजकुमार हुमागाइ,राजकुमार हुमागाइ,रामकुमार पौडेल,नेत्र बहादुर कार्की,गोपाल तिवारी सुरेस सिग्देल लगाएतको उपस्थित रहेको थियो ।
सम्पूर्ण समाग्री स्नेहा बाल गृहका संचालक चर्चित कलाकार सुलेमान इकुले बुझ्नु भएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया