काठमाडौं । विश्वभरि महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड-१९)संक्रमण नेपालमा हालसम्म १ हजार ४ सय ४१ जनाको कोरोना नमुना परीक्षण गरिएको छ । त्यसमध्ये नौजनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका छन् । उनका अनुसार परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, जनकपुर, धरान, हटैंडा, पोखरा, धनगढी र सुर्खेतमा भएको छ । यस्तै, चितवन र बुटवलमा मेसिन जडान भएको छ । ती स्थानमा आइतबारदेखि परीक्षण सुरु हुने प्रवक्ता देवकोटाले बताए । यस्तै, आजसम्म कोरोना संक्रमणको शंकामा काठमाडौं उपत्यकामा १५ जना, उपत्यकाबाहिर ५४ आइसोलेन रहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा आजसम्म नौजना कोरोना संक्रमित भेटिएका छन् तीमध्ये काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतामा २, बाग्लुङस्थित धौलागिरि अञ्चल अस्पतालमा २, कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा चारजनाको उपचार भइरहेको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया