मन्थली । रामेछापमा कोरोनाभाईरसले मृत्यु भएको समाचार प्रति ध्यानकर्षण गरेको छ ।
उच्च ज्वरोको कारण मन्थलीस्थित तामाकोसी अस्पतालमा उपचार गर्ने क्रममा मन्थली नगरपालिका–११ का ६७ बर्षका तुला थापा मगरको मृत्यु भएको थियो । मंगलवार साँझ अस्पताल भर्ना भएका थापामगरको राती मृत्यु भएको अस्पताल स्रोतले बताएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले मृतकको स्यापल परीक्षणको लागि राती नै धुलिखेल अस्पताल पठाइएको जानकारी दिनुभयो । उहाँका अनुसार आज साँझसम्म कोरोना भएको हो कि होइन भन्ने रिपोर्ट आउनेछ । उपचारमा संलग्न चिकित्सकको टिमलाई क्वारेन्टनमा राखिएको जनाएको छ । मृतक थापामगरलाई १०१.१ डिग्री ज्वरो आएको अस्पतालको रिपोर्ट छ । मृतक थापा मगर घरमै बसिरहेको अवस्थामा केही दिनयता ज्वरोको बिरामी रहेका थिए ।
केहि समयअघिदेखी दम रोगबाट ग्रसित मृतक थापा मगर ज्वरो आएर निमोनिया भई अस्पताल भर्ना गरि उपचारको क्रममा निधन भएको र पार्थिव शरीर आफन्तले जिम्मा लिइ आफनो संस्कार अनुसार दाहसंस्कार गरिसकेको अवस्थामा केहि संचार माध्यममा कोरोनाभाईरसले मृत्यु भएको समाचार प्रति ध्यानकर्षण गरेको छ । रामेछाप मन्थली ११ वडा अध्यक्ष भीमबहादुर थापा मगरले एक विज्ञप्ति प्रकाशन गरि कोरोना हो वा होईन भनि चेक गर्न पठाइसकेको हुदाँ उक्त समाचारको भ्रममा नपर्न अप्रिल गरेको छ । 

फेसबुकबाट तपाइको प्रतिक्रिया