लुम्बिनी अस्पतालमा कार्यरत पाँच जना चिकित्सक बर्खास्त

बुटवल । कोरोनाको कठिन परिस्थितिमा ड्युटीमा नआएको भन्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत पाँच जना चिकित्सकलाई बर्खास्त गरिएको छ ।

अस्पतालको रेडियोलोजी विभागमा कार्यरत डा.बरदान वली र डा.ताराप्रसाद शर्मा, ईएनटी विभागका डा.प्रकाश न्यौपाने, युरोसर्जन डा.सुवासचन्द्र चौधरी र आकस्मिक विभागमा कार्यरत डा. प्रकृती कार्कीलाई सेवाबाट हटाइएको हो । अस्पताल प्रशासनलाई जानकारी नदिई ड्युटीमा हाजिर नभएपछि सामाजिक विकास मन्त्री सुदर्शन बरालले तत्काल बर्खास्त गर्न निर्देशन दिएपछि बर्खास्त गरिएको छ । हटाइएका चिकित्सकहरु करारमा नियुक्त भएका थिए ।

सामाजिक विकास मन्त्री बरालले सिंगो मुलुक कोरोना भाइरस संक्रमणको महामारीको संकटमा परेका बेला अग्रमोर्चामा खटिएर विरामीलाई उपचार गर्नुपर्ने दायित्वबाट पन्छिनु गम्भीर गल्ती हुने भन्दै सेवामा नखटिने चिकित्सकहरुलाई कारवाही गर्न निर्देशन दिएको स्वीकार गरे ।

फेसबुकबाट तपाइको प्रतिक्रिया