काठमाडौं । कोरोना भाइरस संक्रमणविरुद्धका मेडिकल सामग्री किन्नका लागि सरकारले जीटूजीमार्फत पाँच देशलाई पत्राचार गरेको छ । नेपाली सेनाले ल्याउने ती सामग्रीको सूचीसहित परराष्ट्र मन्त्रालयले सम्बन्धित देशका दूतावासमार्फत पत्राचार गरेको हो ।
स्रोतका अनुसार परराष्ट्र मन्त्रालयले नेपाल सरकारले जीटूजीमार्फत मेडिकल सामग्री खरिद गर्नुपर्ने भएकाले दूतावासमार्फत पहल गरेको हो ।
सरकारले चीनसहित भारत,सिंगापुर, दक्षिण कोरिया र जापानसँग अत्यावश्यक पीपीई सहितका मेडिकल सामग्री खरिद गर्न खोजेको छ । सबै दूतावासमार्फत नेपाललाई आवश्यक पर्ने सामग्रीहरुको सूची पठाइएको स्रोतले जनाएको छ ।
सम्बन्धित देशबाट कुन सामग्री कतिमा दिने भन्ने जानकारी आएपछि खरिद प्रक्रिया अघि बढ्नेछ । यसबीचमा देशभित्र पर्याप्त सामग्री रहेको र स्वास्थ्य सेवा विभागले पनि टेण्डर आह्वान गरिसकेको एक मन्त्रीले बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया