कोरोना बारे अफवाह फैलन नदिई साबधानी अपनाउन पत्रकार महासंघ जापानको आग्रह

जापान । विश्वभर महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरस कोभिड १९ बाट बच्न  र नियन्त्रणका लागि सूचना प्रवाहमा खट्दा आफ्नो सुरक्षामा बिशेष साबधानी अपनाउन नेपाल पत्रकार महासंघ जापान शाखाले जापानमा कृयाशिल पत्रकारहरुलाइ आग्रह गरेको छ ।

विशेषगरि जापानमा बसेर कोभिड १९ बारे सचेतनामूलक सामग्री,समाचार साथै सही सूचना जापानवासी र आम नागरिकसामू पुर्याउन महत्वपूर्ण भूमिका खेल्दै आएका सम्पूर्ण पत्रकार र सञ्चारमाध्यमको उच्च प्रशंसा गर्दै महासंघले वित्रप्तीमार्फत आग्रह गरेको हो ।

कोभिड १९ संक्रमण नियन्त्रणका लागि व्यस्त समयको बाबजुत असहजतामा पनि चुनौतिको सामना गर्दै सत्य तथ्य समाचार सामग्रीहरु निरन्तर प्रवाह गर्ने कार्यले पत्रकारिता समाजको सबैभन्दा धेरै बिश्वसनीय क्षेत्रको रुपमा रहँदै आएको तथ्य  उजागर  गर्दै जापानमा रहेर यस सन्त्रासपूर्ण अवस्थामा भाषाको समस्या हुने नेपालीहरूमाँझ जिम्मेवारपूर्ण ढंगबाट पत्रकारिता गरिरहनुभएका सम्पूर्ण सञ्चारकर्मीलाई पत्रकार महासंघ जापान आभार प्रकट गरेको विज्ञप्तीमा उल्लेख छ ।

पत्रकार महासंघका सचिब शान्तकुमार पहरीद्वारा हस्ताक्षरित बक्तब्यमा आपतकालिन अबस्थामा अफवाह फैलन नदिन तथा कसैले अफवाह फैलाएमा त्यसलाई तत्काल रोक्नका लागि र पुष्टि भएका एवं तथ्यमा आधारित समाचार सामग्री मात्र प्रवाह गरेर कोरोना बिरुद्धको लडाईंमा योगदान पुर्याउनका लागि सम्पूर्णमा अपिल समेत गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया