प्रधानमन्त्री ओलीद्धारा सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फरेन्स

काठमाडौं । कोरोनाभाइरस (कोभिड-१९) महामारी विरुद्ध तीनै तहका सरकारले सबै शक्ति लगाएर काम गरिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फरेन्समार्फत छलफल गरेका छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरवारको वार रुमबाट प्रधानमन्त्रीले टेलिप्रिजनेसमार्फत मुख्यमन्त्रीहरुसँग कोभिड १९ महामारी विरुद्धको लडाइका बारेमा छलफल गरेका हुन् ।

सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्रीले काम गर्ने क्रममा आइपरेका समस्याहरुको समाधानका बारेमा पनि छलफल गरिरहेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया