काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या एक लाख १४ हजार नागेको छ ।
आज सोमवार नेपाली समय १२ बजेसम्म विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख १४ हजार २ सय ५७ पुगेको हो भने १८ लाख ५३ हजार ५०५ जनाभन्दा धेरै मानिस संक्रमित बनिसकेका छन् ।
कोरोनाबाट सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा संक्रमितको संख्या ५ लाख ५७ हजार नागेको छ भने मृत्यु हुनेको संख्या पनि २२ हजार एक सय ८ पुगेको छ । इटालीमा पनि संक्रमितको संख्या १ लाख ५६ हजार नागेको छ । इटालीमा मृत्यु हुनेको संख्या पनि १९ हजार आठ सय ९९ पुगेको छ । त्यस्तै स्पेनमा पनि यो भाइरसका संक्रमित १ लाख ६६ हजार नागिसकेको छ । स्पेनमा अहिलेसम्म १७ हजार दुई सय नौ जना मानिसको मृत्यु भइसकेको छ ।
विश्वभर कोरोना भाइरसबाट ४ चार लाख २३ हजार ६२८ भन्दा बढी मानिसहरु निको भइसकेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया