जापानमा कोरोना संक्रमित ८ हजार ७ सय नाग्यो,नेपाली २ जनामा पुष्टि

टोकियो । कोरोना भाइरस (कोभिड- १९) को संक्रमण आज टोकियोमा १६१ जनामा पुष्टि भएको छ ।  टोकियोमा कोरोना संक्रमित आज अप्रिल १४ तारिख १६१ जना पुष्टि भएको छ भने जापानमा ३३६ जना पुगेको छन् ।

मंगलवार साँझ ५ वजेपछि टोकियोभित्र १६१ जना र जापानभर ४७७ जना कोरोना संक्रमण पुष्टि भएको एचएचके अनलाईनले उल्लेख गरेको छ । हिजो ९१ जनामा पुष्टि भएको थियो । हालसम्म टोकियोभित्र मात्र २,३१९  पुगेको छ । जापानभर कोरोना भाइरस संक्रमण आज १४७ जनामा भएको उल्लेख छ भने जापानमा ८,७३९ भन्दा बढी संक्रमित भएका छ । जापानभर कोरोनाले १६९  जनाको मृत्यु भएको जनाएको छ । आजसम्म आईपुग्दा जापानको टोकियोमा सबैभन्दा बढी २,३१९ जनामा संक्रमण,ओसाकामा ८३५  जनाभन्दा बढी,कानागावा प्रान्तमा ५५७ र चिवामा ५०२ जना भन्दा बढीलाई कोरोना संक्रमण भैसकेको छ ।

टोकियोमा एक जना नेपाली पुरुषमा कोरोना भाईरस संक्रमण पुष्टि भएको नेपाली दुतावास जापानका उप-नियोग प्रमुख कृष्णचन्द्र अर्यालले जानकारी दिनुभयो । यस अघि जापानको इबाराकी प्रान्तमा एक जना महिलामा कोरोना संक्रमणको पुष्टि दुतावासले गरेको थियो । हालसम्म जापानमा २ जना नेपालीमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया