बनेपा । कोरोना भाइरस (कोभिड–१९) को र्यापिड टेष्टमा काभ्रेका दुई जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
काभ्रे जिल्लाको बेथानचोक गाउँपालिकाका २८ वर्षीय र मण्डनदेउपुर नगरपालिकाका २३ वर्षीय व्यक्तिको र्यापिड टेष्ट रिपोर्ट पोजेटिभ आएको हो । बेथानचोकका व्यक्ति भारतबाट गत ९ चैतमा घर फर्किएका थिए भने मण्डनपुरका व्यक्ति ७ चैतमा दुबईबाट आएका थिए । मण्डनदेउपुरका व्यक्ति २२ दिन क्वारेन्टाइनमा बसेर घर गएका थिए । पिसिआर प्रविधिबाट परीक्षण गरेपछि उनीहरुमा कोरोना संक्रमण भएरनभएको पुष्टि हुनेछ ।
र्यापिड टेष्टमा पोजेटिभ देखिएपछि दुवै जनालाई धुलिखेल अस्पताल ल्याइएको छ भने उनीहरूको धुलिखेल अस्पतालमै स्वाब परीक्षण गरिने भएको छ । उनीहरूको परिवारलाई भने तत्काल क्वारेन्टाइनमा राख्ने निर्णय भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया